>

नेविसंघ मोरङका देउवा निकटले कुटे शेखर पक्षका जिल्ला सभापति

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेललाई नेविसंघकै नेता–कार्यकर्ताले आतपात गरेका छन ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष जसवन्त पौडेलको नेतृत्वमा नेविसंघ जिल्ला सभापति पोखरेलमाथि कुटपिट भएको खुलेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आज (बिहीबार) दिउँसो क्याम्पस परिसरमै पोखरेल कुटिएका हुन् । कुट्ने र कुटाइ खाने दुवै नेविसंघकै नेता हुन् । तर, उनीहरूको गुट फरक रहेको बताइएको छ । कुट्ने स्ववियु सभापति पौडेल कांग्रेस संस्थापन पक्ष र कुटिने पोखरेल डा. शेखर कोइराला पक्षका हुन् ।

नेविसंघ स्रोतका अनुसार पोखरेल आसन्न स्ववियु चुनावको तयारीको क्रममा संगठन विस्तारका लागि कलेजमा पुगेका थिए । सोही क्रममा पौडेल पक्षका विद्यार्थीहरूले उनलाई रोकेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

त्यसक्रममा भनाभन भएपछि स्ववियु सभापति पौडेलसहितको समूहले पोखरेललाई लछारपछार पार्दै कुटपिट गरेको हो । पोखरेललाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *