ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा बिहीबार भएको झडपपछि यातायात व्यवसायीले बन्दको घोषणा गरेका छन् ।
ताप्लेजुङ पाथीभरा यातायात सेवाले विज्ञप्ति जारी गर्दै आज (शुक्रबार) देखि यातायात बन्द गर्न बताएका हुन् । उनीहरूले मेची राजमार्ग, तमोर कोरिडोर र धरान–वसन्तपुर–गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सबै नाका तथा जिल्लाका अन्य शाखा सडकमा समेत एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्ने बाहेक कुनै पनि सवारीसाधन चल्न नदिने घोषणा गरेका हुन् ।
केबलकार खारेजी पक्षले मे १ ज २५७९ नम्बरको गाडीमा क्षति पुर्यएको तथा चालक राजकुमार पौडेललाई समेत मरणासन्न हुने गरी कुटपिट गरेको मजदुर संघको भनाइ छ । संघले अमानवीय कार्यप्रति खेद प्रकट गर्दै त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त कानूनी कारबाही गर्न माग गरेको छ ।
घाइते चालकको स्वास्थ्य उपचार र सवारी साधनको मर्मत तथा अन्य यातायात मजदुरहरूको जीवन सुरक्षाको प्रत्याभूति गर्न यातायात व्यवसायीले माग गरेका छन् ।