>

विदेश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी संयुक्त अधिराज्य, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–३ का दिनेश अधिकारीले एक युवकलाई संयुक्त अधिराज्य पठाउने भनेर रु ३२ लाख ५७ हजार ठगेको उजुरी परेपछि निजलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यसै गरी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ का ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ काफ्ले चोकका ३९ वर्षीय दिनेश प्रसाद अधिकारीले क्यानडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट रु ७१ लाख ७० हजार लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई गत बुधवार पक्राउ गरेको समाचार कक्षको आजको समाचार बुलेटिनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *