>

जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेण्डा तय

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)नेपालले केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेको छ । आगामी फागुन १९, २० र २१ गते काठमाडौँमा बस्ने गरी आह्वान गरिएको पार्टीको बैठकका एजेन्डा तय गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्य प्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

यस्तैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक कार्ययोजनालगायतका एजेन्डामा बैठक केन्द्रित हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *