काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राई रहेका छन् ।
राईले गाली गलौज गरेको र महिलासँग प्रेम सम्बन्धमा हुँदा खिचेका नग्न भिडिओ तथा तस्वीरहरु महिलाका आफन्तहरुलाई पठाउँदै चरित्र हत्या गरेको भन्दै पीडित महिलाले उजुरी दिएकी थिइन् ।
पक्राउ परेका राईलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।