एमालेको राजनीतिमा नफर्कन पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा नफर्कन सुझाव दिएका छन ।

आज (शुक्रबार) काठमाण्डुमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो सुझाव दिएका हुन् । उनले राजनीतिमा भन्दा सामाजिक रुपान्तरणको नायक बन्न उनको सुझाव दिएका छन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

महामन्त्री शर्माले भने, ‘समाचारका पृष्ठहरूमा अहिले पनि आमाहरू र छोरीहरू चलेका खबर आइरहेका छन् । यो पृष्ठभूमिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक रुपान्तरणको प्रेरणाका रूपमा काम गर्नुपर्दछ ।’

उनले राजनीतिमा आएर कुनै एक दलको नेता मात्र बन्ने अवसर पनि रहेको र सामाजिक रुपान्तरणको नायक बनेर सबैको नेता बन्ने सुविधा पनि पूर्वराष्ट्रपतिहरूमा रहेको पनि बताएका छन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा पुनः सक्रिय हुन खोजेका समाचारतर्फ संकेत गर्दै उनले उनले थपे, ‘यद्यपि राजनीतिमै आउन चाहनुभएको हो कि, नेताहरूले ल्याउन खोज्नुभएको हो ।

यदि मलाई कसैले सोध्छ भने म अहिलेसम्मका दुवै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादव हरू सामाजिक रुपान्तरणको नायक बन्नुपर्छ भन्ने मान्यता राख्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *