मुम्बइ । राज बब्बर र दिवंगत अभिनेत्री स्मिता पाटिलका छोरा प्रतीक बब्बर चाँडै प्रिया बनर्जीसँग विवाह गर्न लागेका छन् । तर, उनले आफ्नो परिवारलाई समारोहमा निम्तो दिएका छैनन्। उनका बुवा राज बब्बर, भाइ आर्य बब्बर र परिवारका अन्य सदस्यलाई विवाहको निम्तो आएको छैन ।
प्रतिकको पछिल्लो ६ महिनादेखि परिवारसँग राम्रो सम्बन्ध छैन । प्रतीकले परिवारबाट किन टाढिए भन्ने कुरा बुझ्न नसकेको उनका भाइ आर्य बब्बरले बताएका छन । उनले यो घटना सम्पूर्ण परिवारका लागि निकै दुखद र पीडादायी भएको बताए । आर्याका अनुसार परिवारले सम्बन्ध सुधार्न सक्दो प्रयास गरेका थिए तर सम्भव भएको छैन् ।
आर्याले भनिन्, ‘सबै कुरा भर्चुअल भएको बेला मैले मेरो माया र शुभकामना व्यक्त गर्न भर्चुअल मार्ग लिने निर्णय गरेको छु। हाम्रो सम्पूर्ण परिवार, आमा, बुवा र जुहीको तर्फबाट मैले मेरो युट्युब च्यानल ‘बब्बर साब’ मा ‘बब्बर तो शादी करता रहे हैं’ शीर्षकको एउटा विशेष स्ट्यान्ड–अप भिडियो बनाएको छु। तिनीहरूको अनुहारमा मुस्कान ल्याउने मेरो हलुका तरिका हो र सायद तिनीहरूको हृदयमा थोरै न्यानोपन बाँकी होला । जे भए पनि हामी सधैं एक परिवार हुनेछौं।’
प्रतिक बब्बर र प्रिया बनर्जीको विवाह परम्परागत रीतिरिवाज अनुसार हुने र यसमा नजिकका साथीहरु मात्र सहभागी हुने भएका छन् । प्रतिकको यो दोस्रो विवाह हो । यसअघि उनले सन् २०१९ मा सान्या सागरसँग विवाह गरेका थिए तर २०२३ मा दुवैको सम्बन्धविच्छेद भएको थियो ।
यता, प्रतिक र प्रिया विगत चार वर्षदेखि एक अर्कालाई डेट गरिरहेका छन् । २८ अगस्त २०२४ मा दुवैले आफ्नो विशेष मित्रताको चार वर्ष मनाएका थिए। सामाजिक सञ्जालमा एउटा तस्विर सेयर गरिएको थियो, जसमा उनले हार्दिक सन्देश पनि लेखेका थिए ।