>

मानव तस्करले भारतीयहरुलाई मोटो रकम लिएर अमेरिका लगेका छन्ः मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा अवैध रुपमा बसिरहेका भारतीयहरुलाई फिर्ता ल्याउन तयार रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार ह्वाइट हाउसमा भएको भेटमा मोदीले अमेरिकामा अवैध रुपमा बसेका भारतीय आप्रबासीहरु मानव तस्करहरुलाई मोटो रकम बुझाएर गएकाहरु रहेको स्वीकार गरे ।

‘मानव तस्हरुहरुको मोटो रकम लिएर सोझा मानिसहरुलाई अमेरिका ल्याएको भन्ने जानकारी मलाई छ’, मोदीले भने, ‘हामी त्यस्ता आप्रवासीहरुलाई फिर्ता लैजान तयार छौं ।’

ती व्यक्तिहरु आममानिस भएको पनि उनले बताए । अमेरिकाले गत साता मात्रै १ एक सयभन्दा बढी भारतीय आप्रवासीलाई सेनाको जहाजमा राखेर फिर्ता गरेको थियो ।

अमेरिकी जहाजमा उनीहरुलाई हत्कडी र नेल लगाएर ल्याइएको तस्बिर सार्वजनिक भएपछि भारतमा अमेरिका र मोदीको चर्को आलोचना भएको थियो । ट्रम्पसँगको भेट र पत्रकार सम्मेलनमा मोदीले त्यसबारे केही पनि बताएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *