>

भ्रातृ संगठनको अधिवेशनमा आवश्यक सहयोग गर्न जिल्ला सभापतिलाई काँग्रेसको परिपत्र

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका ७७ वटै जिल्ला सभापतिहरूलाई पार्टीको भ्रातृ संगठनको अधिवेशन सम्पन्न गराउनको लागि आवश्यक सहयोग गर्न परिपत्र गरेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सबै जिल्ला सभापतिहरूलाई भ्रातृ संगठनको जिल्ला अधिवेशनमा आवश्यक सहयोग, समन्वय र सहजीकरणको लागि निर्देशन दिएका हुन् ।

महाधिवेशन हुन बाँकी रहेका भ्रातृ संस्थाहरूको केन्द्रीय महाधिवेशन आगामी चैत मसान्तभित्र गर्ने नेपाली काँग्रेसको निर्देशनानुसार नेपाल किसान महासंघ, केन्द्रीय तदर्थ समितिले २०८१ फागुन ७ गते महासंघको सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको उल्लेख छ ।

परिपत्रमा भनिएको छ, ‘नेपाल किसान महासंघको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि नेपाली काँग्रेस जिल्ला कार्यसमितिको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिनु हुनका लागि निर्देशनानुसार अनुरोध गरिन्छ ।’

काँग्रेसले सबै भ्रातृ संगठनहरुको चैत मसान्तभित्र अधिवेशन गरिसक्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *