>

भीम रावलसँग लागेको आरोपमा एमालेका ५ नेता निष्कासित

काठमाडौं । एमालेले निष्काशित नेता भीम रावलको ‘मातृभूमि जागरण अभियान’ मा संलग्न रहेको आरोपमा सुदुरपश्चिमका थप ५ नेतामाथि कारबाही गरेको छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय बैठकले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्कासहित ५ नेतालाई निष्कासित गरेको हो ।

एमाले प्रदेश सचिव रणबहादुर चन्दले विज्ञप्ति जारी गर्दै पार्टी विधानको धारा ८१ को उपधारा (१) बमोजिम विकसहित खड्कासहित प्रदेश कमिटी सदस्य जंगबहादुर विक, हर्कबहादुर कुँवर, दुधकला विष्ट र केशर मियााँलाई निष्काशन गरिएको बताएका हुन् ।

रावलको अभियानमा संलग्न रहेकामा स्पष्टीकरण सोध्दा केहीले चित्तबुझ्दो स्पष्टीकरण नदिएको तथा केहीले स्पष्टीकरण नै नदिई रावलको अभियानमा सक्रिय रहेको पाइएकाले कारबाही गर्नुपरको चन्दको भनाइ छ ।

एमालेले रावलसहित सुदूरपश्चिमका दर्जन बढी नेतालाई यसअघि नै निष्काशन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *