>

बार्सिलोना कोपा डेल रे’को अन्तिम चारमा

लन्डन । लिभरपुल इएफएल अर्थात काराबाओ कप फुटबलको फाइनलमा पुगेको छ । गएराती भएको सेमिफाइनल खेलमा टोटनह्यामलाई ४–० हराउँदै लिभरपुल फाइनलमा पुगेको हो । लिभरपुललाई जिताउन कोडी गकपो, मोम्मद सालाह, डोमिनिक स्जोबोस्जले एक–एक गोल गरे । फाइनल खेल मार्चमा हुने भएको छ । ‘वेम्बली’मा हुने फाइनल लिभरपुलले न्यूक्यासल युनाइटेडसँग खेल्ने पक्का भएको छ ।

कोपा डेल रे
बार्सिलोना कोपा डेल रे’ फुटबलको सेमिफाइनलका पुगेको छ । गएराती भएको खेलमा भ्यालेन्सियालाई ५–० ले हराउदै बार्सिलोना सेमिफाइनलमा पुगेको हो । बार्सिलोनाका लागि फरेन टोरेसको ह्याट्रिक गरे । फर्मिन लोपेज र लामिने यमलले एक–एक गोल थपे ।

क्वार्टर फाइनलको अर्को खेलमा रियाल सोसिडाडले ओसासुनालाई हरायो । सोसिडाडले ओसासुनालाई २–० ले हराउँदै सेमिफाइनल यात्रा गरेको छ । यो सँगै कोपा डेल रे’ को सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि एथ्लेटिको मड्रिड र रियल सोसिडाड सेमिफाइनलमा पुगिसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *