काठमाडौं । आहा रारा गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेल आज (मंगलबार) हुँदैछ । दिउँसो साढे दुई बजे पोखरा रंगशालमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब र उज्जेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्न लागेको हो ।
दुबैको लक्ष्य सेमिफाइनलका प्रवेशको हुनेछ । सोमबार भएको खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई हराउदै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको छ । १२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल फागुन ३ गते हुनेछ ।