काठमाडौ। आहा रारा पोखरा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्दैछन् ।
पोखरा रागंशालामा हुने दोस्रो सेमिफाइनल खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ । क्वार्टरफाइनलमा थ्रीस्टारले टाइब्रेकरमा मछिन्द्र एफसीलाई ४–२ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
उता अन्तिम क्वार्टरफाइनलमा सिक्कीमको थन्डरबोल्टस् नर्थ युनाइटेडलाई ३–० गोल अन्तरले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले थ्रीस्टारसँगको भेट पक्का गरेको हो।