काठमाडौं । एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई कारबाही गरेपछि कार्यकर्तामा वितृष्णा बढ्दै गएको छ । एमालेले नेता डा.रावललाई पार्टीबाट निकालिएपछि देशभरबाट ठूलो संख्यामा नेता–कार्यकर्ताले एमाले छोड्न थालेका छन्, जसले सुदूरपश्चिम प्रदेशमा एमालेलाई ठूलो धक्का लगेको छ ।
नेता रावलले मातृभूमि जागरण अभियान नेतृत्व गर्दै संगठन निर्माणमा लागेका छन् । उनको गृहजिल्ला अछाममा एकसाथ हजारौंले एमाले छोडेका छन्, जसमा एक हजार ८६ जना स्थानीय नेताकार्यकर्ता छन्। यी सबैले रावलको अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
समर्थकहरूमा प्रदेश कमिटी, विभागीय, केन्द्रीय विभाग, जिल्ला कमिटी सचिवालय, प्रवास प्रतिनिधि, जिल्ला सल्लाहकार, नगर तथा वडा कमिटी पदाधिकारी, अनेम संघ, र जनवर्गीय संगठनका पदाधिकारीहरू समेत समावेश छन्।