>

हमासले आज तीन इजरायली र पाँच थाई बन्धकहरूलाई मुक्त गर्दै

हमासले आज गाजाबाट तीन इजरायली बन्धक र पाँच थाई नागरिकलाई मुक्त गर्ने अपेक्षा गरेको इजरायली सरकारले जनाएको छ ।

हमासले रिहा गर्ने तयारी गरेका दुई महिला, २९ वर्षीया नागरिक अर्बेल येहुद र २० वर्षीया सैन्य पर्यवेक्षक अगाम बर्गरका साथै ८० वर्षीय पुरुष गादी मोसेसलाई पनि रिहा गर्ने बताएको छ ।

यदि यो काम पूरा भयो भने, पछिल्लो गाजा युद्धविराम सम्झौताको तेस्रोपटक बन्धकहरु रिहाई हुनेछन् । इजरायली बन्धकहरूको बदलामा, ११० प्यालेस्टिनीहरूलाई इजरायली जेलबाट मुक्त गरिँदैछ ।

थाई बन्धकहरूको नाम अझै सार्वजनिक गरिएको छैन । उनीहरूको रिहाई हमासको एकतर्फी कदम हुनेछ, र यो सम्झौताको हिस्सा नहुने बताइएको छ ।

हमासले रिहा गर्ने भनिएकाहरु कृषि कामदार हुन् । उनीहरूलाई इजरायलबाट अपहरण गरेर लगिएको थियो । थाइल्याण्ड सरकारले आफ्ना छ जना नागरिकलाई अझै पनि गाजामा बन्धक बनाइएको बताएको छ ।

इजरायलले रिहा गर्ने तय गरिएका ११० प्यालेस्टिनी कैदीहरूको नाम पनि सार्वजनिक गरिएको छैन । अब मुक्त गरिने प्यालेष्टिनीहरु ३० महिला र बालबालिकाहरू, साथै आजीवन कारावासको सजाय सुनाइएका कैदीहरू समावेश गरिएको बताइएको छ ।

जनवरी १९ मा युद्धविराम लागू भएदेखि उनीहरूको रिहाइ तेस्रोपटकको हो । इजरायली जेलमा रहेका २९० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको बदलामा सात जना महिलाहरूलाई पहिले नै मुक्त गरिसकिएको छ ।

इजरायली सरकारले अब चौथोपटकको बन्धक रिहाइको कार्यक्रम शनिवार हुने अपेक्षा गरेको बताएको छ । अब मुक्त गरिने बन्धकहरुमा तीन पुरुषहरू समावेश भएको अपेक्षा गरिएको छ ।

७ अक्टोबर २०२३ मा भएको आक्रमणको प्रतिक्रियामा इजरायली सेनाले हमासलाई ध्वस्त पार्न अभियान सुरु गरेयता करिब ४७,३१० भन्दा बढी मानिसहरू मारिएका छन्, जसमध्ये अधिकांश सर्वसाधारण छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *