सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार आदेश आउने सम्भावना

पाेखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीतर्फका वकिलको बहस सकिएको छ ।

रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडीआइजी छविलाल जोशी,लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायत प्रतिवादी भएको मुद्दामा बिहीबार सरकारी वकिलको बहस रहेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सरकारी वकिलको बहस सकिएपछि भोलि नै आदेश आउने सम्भावना रहेको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।

आज प्रतिवादीका तर्फबाट रामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए । त्यसपछि जाहेरवालाको तर्फबाट बहस भएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

प्रतिवादीहरूको बयान सकिएलगत्तै पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो । न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *