काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संविधानको कार्यान्वयन नै नगरीकन संशोधनको कुरा गर्नु अपराध भएको टिप्पणी गरेका छन् । आजपाको सिंहदरबार, काठमाडौं स्थित दलको कार्यालयमा सञ्चारकर्मीसंगको कुराकानीमा अध्यक्ष साहले संविधान संशोधन नभई खारेज नै गर्नुपर्ने बताए ।
संविधान कार्यान्वयन सम्बन्धी कानून सरकार ल्याऊन चाहेन । प्रहरी ऐन अल्पत्र छ, निजामति ऐन बेवारिसे छ । संविधान अनुरुपको सामाजिक न्याय प्रदान गर्ने शिक्षा र स्वास्थ्य ऐन अलपत्र छ, आजपा अध्यक्ष साहले भने, ‘संविधानमा भएका मौलिकहकहरु कार्यान्वयन गर्ने कुनै कानून नै सरकारले बनाएन् । यसरी सरकारलाई संविधान कार्यान्वयनमा कुनै चासो नै छैन् ।’
हिजोको दिनमा संविधान निर्माण पनि कांग्रेस र एमालेको गठबन्धन सरकारले गरेको बताउँदै उनले संविधान नै कार्यान्वयन नगरीकन उही पार्टी र नेताहरुले संशोधनको कुरा गर्नु भनेको अपराध भएको टिप्पणी उनले गरे ।
‘हिजो संविधान निर्माण पनि कांग्रेस र एमालेको गठबन्धन सरकारले नै गरेको ति नेताहरु अहिले पनि नेतृत्वमै रहेको सन्दर्भमा कुनै पनि नैतिकताले संशोधनको कुरा गर्नु उचित छैन्,’ आजपा अध्यक्ष साहले भने, ‘बरु गतल संविधान बनाई देश र जनतालाई ठगेको कुरा स्वीकारेर कामै नलाग्ने यो व्यवस्था खारेज गर्न उनीहरु सहमत हुन जरुरी छ ।’
यो व्यवस्थाले मुलुक र जनताको अवस्था परिवर्तन नहुने ठोकुवा गर्दै यस्तो ‘खिचडी व्यवस्था’ खारेज गर्नुको बिकल्प नभएको उनले बताए । दलाल दलतन्त्र, लुटतन्त्रले आम नागरिक निरास भएको बताउँदै उनले यो व्यवस्था खारेज गरेर आम जनताको शासन हुने व्यवस्था आवश्यक भएको बताए ।
राजतन्त्र बिरुद्ध आन्दोलन हुँदा अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र ल्याउँन लडनु भनेको बैयलगाडामा चढेर अमेरिका जानु हो भन्नु भएको थियो । संविधान सभामा पनि प्रतिगामी भुमिका नै खेले । अहिले पनि त्यही ओलीले संविधान संशोधन कुरा गरी राखनुभएछ, यसमा नेपाली जनता गंभीर हुन जरूरी छ ।