विपक्षी मोर्चा बलियो बनाउँदै साना राजनीतिक दलहरु

काठमाडौं । समाजवादी मोर्चालाई पुन: गतिदिन नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब कुमाार नेपा बीच छलफल भएको छ । सोही छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन समेत सहभागी हुनु भएको छ । यद्यपी समाजवादी मोर्चामा राप्रपा भने सहभागी छैन ।

विपक्षी मोर्चामा रहेका मुख्य तीन राजनीतिक दलका अध्यक्षहरू बिच भएको भेटवार्तामा संविधान संशोधन, समसायिक राजनीतिक घटनाक्रमसहित विपक्षी मोर्चालाई सशक्त बनाउने विषयमा छलफल भएको हो । छलफल पछि माओावादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सत्ता गठबन्धन अप्राकृतिक,अलोकतान्त्रिक र अपारदर्शी रहेको जिकिर गर्दै गठबन्धनको निरन्तरता धेरै लामो समय नजाने प्रतिक्रिया दिनु भएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चाको बैठक पर्सि २ गते बस्नेसमेत जानकारी गराउनु भयो । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजावादी र विप्लव नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।

केही समय समाजवादी मोर्चा निष्कृय जस्तै बनेको वेला पुन: बैठकको तयारी गरिएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कुनै बेला समाजवादी मोर्चमा रहेका दलहरु सरकारबाट बाहिरिएसँगै तितर वितर भएका थिए । साना दलहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समाजवादी मोर्चालाई उपयोग गरेको तर समेटेर लान नसकेको आरोप लगाउँदै आएका थिए भने प्रचण्डले पनि प्रधानमन्त्री रहुँन्जेल मात्र मोर्चालाई उपयोग गरेको साना दलहरुको बुझाइ छ ।

फेरि एकपटक संविधान संशोधनमा थ्रेसहोल्ड सम्बन्धीको विषयले चर्चा पाएपछि छरिएका साना दलहरु एकत्रित हुन लागेका हुन । त्यसो त थ्रेसहोल्डकै विषयले पनि मधेशवादी दलहरुमा समेत तरङ्ग ल्याइदिएको छ । अहिले मधेशवादी दलहरु पुन: मधेशका मुद्दालाई लिएर एउटै मोर्चा बनाउने तयारी भन्दै थ्रेसहोल्डको विरुद्धमा लागेका छन् ।

त्यसैले थ्रेसहोल्डको विषयमा दलहरुको सहमति वा असहमति अब बन्ने गठजोर र मोर्चामा निर्धारण गर्ने विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *