रेष्टुरेन्टहरुले गुणस्तरमा विशेष ध्यान दिनुपर्छ: सुनिता डङ्गोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक भएको बताएकी छन ।

आज (सोमबार) काठमाडौंमा भएको फास्ट फुड एसोसिएसन नेपालको ८ औँ राष्ट्रिय अधिवेशनमा बोल्दै उपप्रमुख डङ्गोलले यस्तो बताएकी हुन । उनले व्यवसायीहरू पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताइन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले पछिल्लो समय गुणस्तरका विषयमा प्रश्नहरू उठ्दै आएकाले त्यसमा विचार पुर्याउन व्यवसायीहरूलाई आग्रह समेत गरेकी छन । उनले होटेल तथा फास्ट फुडहरू ठुलो स्पेस र पूर्वाधारहरूले मात्रै पाँच तारे हुन नसक्ने बताइन् ।

डङ्गोलले पाँचतारे हुनको लागि गुणस्तरीय हुन आवश्यक रहेको समेत बताइन् । उनले महानगर फास्ट फुडहरूमा विभिन्न खालका स्टार स्टिकरहरू राख्ने अभियानमा रहेको पनि बताएकी छन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले महानगरले राम्रो काम गर्ने व्यवसायीहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता समेत जनाएकी छन । उनले भनिन्, ‘पाँचतारे होटेल फास्ट फुड पूर्वाधारहरूले मात्रै हुँदैन । ठुलो स्पेस हुँदैमा पाँच तारे हुँदैन । गुणस्तरमा पाँच तारे भनेर चिनिन आवश्यक छ ।

महानगरले फास्ट फुडहरूमा विभिन्न खालका स्टार स्टिकरहरू राख्ने अभियानमा छ । राम्रो काम गर्ने व्यवसायीहरूलाई प्रोत्साहन मिल्छ । राम्रो गर्न सक्नुभएको छैन भने गुणस्तरमा पाँच तारे बन्छु र राम्रो बन्छु भनेर राम्रो गर्ने प्रयास गर्नुहोला ।

सुधारात्मक बाटोमा लैजानको लागि महानगरले काम गर्दैछ । महानगरले व्यवसायीहरूको व्यापार फस्टाओस् भनेर काम गरिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *