रवि लामिछाने विरुद्धको मुद्दामा आज पनि बहस हुँदै

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ । हिजो बिहीबारको बहसमा लामिछानेका तर्फबाट बहस गर्ने वकिलहरुको पालो नआएका कारण बहस आज पनि हुने भएको हो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्धामा रुपन्देही जिल्ला अदालतले लामिछानेलाई हिजो पनि हाजिरी जमानीमा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार यज्ञमुर्ती ज्ञवालीले जानकारी दिनुभयो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

मुद्दामा रवि लामिछानेका तर्फबाट आधा दर्जनभन्दा बढी वकिलहरुले बहस गर्ने तयारी गरेका छन् । हिजो सरकारी वकिलहरु र जाहेरवालाका तर्फबाट बरिष्ठ अभिवक्ता दिनेश त्रिपाठीले बहस गर्नु भएको थियो ।

हिजो सरकारी वकिलका तर्फबाट प्रेमराज पौडेलसहित अन्य अधिवक्ताहरूले लामिछानेलाई हिरासतमै राखी थप अनुसन्धान गर्नुपर्ने माग गर्दै बहस गर्नु भएको थियो । सरकारी वकिलको तर्फबाट बहस अन्तिम चरणमा पुगेको र आज लामिछानेका पक्षबाट कानून व्यवसायीले बहस गर्ने अदालतले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने तयारीमा रहनु भएको छ। बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहित २८ जनाविरुद्ध ५५ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ। साथै, लामिछाने र अन्य व्यक्तिहरूबाट व्यक्तिगत रूपमा समेत करोडौं बिगो दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *