रवि लामिछाने भैरहवामा, भोलि अदालतमा उपस्थित हुने

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अदालतमा उपस्थित हुन भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी काठमाण्डूबाट जहाज चढेर मंगलबार भैरहवामा पुगेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

मंगलबार साँझ भैरहवा वुगेपनि लामिछाने आफैं बुधबारमात्रै अदालत जानेछन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रञ्जीतसिंह राठौरले समेत लामिछाने बुधबार आफैं अदालतमा उपस्थित हुने जानकारी पाएको बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशी विरुद्ध जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोजन मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले गत आइतबार रवि, छवि लगायतका २२ जना विरुद्ध सङ्गठित रुपमा सहकारी ठगीको कसुर अन्तर्गत मुद्दा दर्ता गरेको हो ।

सुप्रिम ठगी प्रकरणमा गोर्खा मिडिया मार्फत जोडिएका पूर्व गृहमन्त्री समेत रहेका लामिछाने विरुद्ध ४ करोड १५ लाख बढी र पूर्व डिआइजी जोशी विरुद्ध ४ करोड २७ लाख बढी बिगो माग दाबी सहितको अभियोग पत्र सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बुझाइएको बताइएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

मुद्दा दर्ता प्रकृया अगाडी बढेसँगै लामिछाने थुनछेक बहसका लागि आफ्नो तर्फका कानुन व्यवसायी सहित रुपन्देही आउने तयारीमा रहेको रास्वपा निकट स्रोतले जानकारी दिएको छ ।

बुटवलको सुप्रिम सहकारीका १ हजार ८३१ बचतकर्ताले सहकारीमा जम्मा गरेको ठुलो रकम हिनामिना गरेको भन्दै सहकारीका संरक्षक गितेन्द्रबाबु (जिबी) राई,अध्यक्ष ओमप्रकाश गुरुङ, सहितका पदाधिकारी, संचालक तथा कर्मचारीहरू विरुद्ध २०७९ सालको चैतमै प्रहरीमा उजुरी दिएका थिए ।

त्यसपछि सुरु भएको प्रहरीको छानबिन अनुसन्धानले सर्वसाधारणबाट जम्मा गरेको १ अर्ब ३१ करोड मध्ये ८६ करोड १८ लाख बढी रकम राई र गुरुङको समूहले अपचलन गरेको खुल्यो । सुरुमा गत बैशाखमा २८ जना विरुद्ध मुद्दा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *