रविको थुनछेक बहस सकियो, भोलि पुनः अदालत उपस्थित हुने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । आज बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो ।

पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेको अदालत स्रोतले जानकारी दिएको छ । सरकारी वकिलको बयान सकिएको रुपन्देही जिल्ला अदालतका स्वास्तेदार गोविन्द ज्ञवालीले जानकारी दिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले पीडित र रविका तर्फबाट भोलि बहस हुने खुलाए। उनले रविलाई हिजो जस्तै परिवारको जिम्मा लगाइएको पनि बताए । सरकारी बहसमा जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका छन् ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा भएको बहसमा उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *