यु-१९ विश्वकप क्रिकेटः नेपालकाे आज दाेस्राे अभ्यास खेल अमेरिकासँग

काठमाडौं  । नेपालले आज दाेस्राे अभ्यास खेल खेल्दैछ ।  यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको नेपाल आज अमेरिकासँग दाेस्राे अभ्यास खेल खेल्न लागेकाे हाे । 

गत साेमवार मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १०० रनमात्र जोडेर पराजित हुन पुगेकाे थियाे ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

साे खेलमा नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाएका थिए भने वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट लिएका थिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०९ रनको योगफल तयार पारेको थियो । अब नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा बुधबार भने अमेरिकाको सामना गर्नेछ । 

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *