काठमाडौं । एमालेको कारबाहीमा परेका पूर्व गृहमन्त्री समेत रहेका नेता डा.भिम रावल अहिले आफ्नो गृह जिल्ला अछाममा रहेका छन ।
मातृभूमि जागरण अभियान, नेपालका नामले सङ्गठन निर्माणको दौडधुपमा रहेका रावल गृह जिल्लाबासीसँग भेटघाट गर्दै आफ्ना कुरा राखिरहेका छन्। तर, एमालेका जिल्ला स्तरीय पदाधिकारी र नेता कार्यकर्ता भने रावलका पक्षमा खुलेका छैनन् ।
एमालेले आफ्ना सदस्यलाई रावलसँग भेट्न पनि बन्देज गरेका खबरहरू बाहिरीएका छन । यस्तोमा रावलको सचिवालयले रावललाई नभेट्न, उनका कार्यक्रममा नजान एमालेबाट उर्दी नै जारी भएको दाबी गरेको छ ।
‘भीम रावल कहीँ कतै कार्यक्रममा जाने थाहा पाउने बित्तिकै उहाँलाई नभेट्न र कार्यक्रममा नजान उर्दी जारी गरिएको छ,’ रावलको सचिवालय भन्छ,‘२०४६ सालतिर बहुदलवादीका कार्यक्रम बिथोल्न पञ्चहरू प्रतिरोध जुलुस निकाल्दै हिँडेजस्तो अवस्था देखिएको छ।’
प्रतिकार र प्रतिरोध जुलुसहरूले पञ्चायत जोगाउन नसकेजस्तो अहिले रावलको अभियान पनि रोक्न नसक्ने रावलको सचिवालयको दाबी छ ।