बालेनसँग मिलेर अघि बढ्ने भीम रावलको घोषणा

काठमाडौ। एमालेबाट निष्काशित डा. भीम रावलले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग सहकार्य गरेर अघि बढ्ने घोषणा गरेका छन् ।

धनगढीमा शुक्रबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै नेता रावलले बालेनलाई पनि साथमा लिएर अघि बढ्ने बताए । ‘बालेनजीसहित सबैलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढ्ने सोच छ’, सञ्चारकर्मीको एक जिज्ञाशाको जवाफमा रावलले भने, ‘देश र जनताका लागि इमान्दार देशभक्तहरु एक ठाउँमा आउँछौं भन्नेमा मेरो विश्वास छ ।’

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

ठूला राजनीतिक दलहरु गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भएको आरोप लगाउँदै रावलले उनीहरुको विकल्पमा राष्ट्र र राष्ट्रियता जोगाउन सबै एक हुनुपर्ने बताए ।

भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन ११ रोपनी जग्गा दान लिएको विरोध गरेपछि एमालेले पूर्वउपाध्यक्ष रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो । त्यसयता उनले ‘मातृ भूमि जागरण अभियान’ चलाइरहेका छन् । उनले एकचरण देशव्यापी अभियान चलाएपछि पार्टी खोल्नेबारे सोच्ने उल्लेख गरे । रावल गृहजिल्ला अछाम जाने क्रममा धनगढी पुगेका थिए ।
राजावादी शक्तिसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा रावलले मुलुकको अवस्था परिवर्तनका लागि धेरै शक्ति र व्यक्तिसँग सहकार्य गरेर जानुपर्ने आवश्यकता औंल्याए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

राजनीतिक नियुक्तिमा भागबण्डा गरेर खाने प्रचलन डरलाग्दो रुपमा अघि बढेको उनले औंल्याए । पछिल्लोपटक विश्वविद्यालय, भूमि आयोग जस्ता निकायमा पदाधिकारी नियुक्त गर्दा पछिल्लो समय प्रधानमन्त्रीसहित सत्तापक्षले राजनीतिक भागबण्डा गरेकामा उनले आपत्ति जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *