सिन्धुली । सिन्धुलीबाट फरार भएका नाइजेरियन नागरिक ८ घण्टा पछि सिन्धुली प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको नियन्त्रणमा रहेका एक जना नाइजेरियन नागरिक सिन्धुलीको गोलन्जोर गाउपालिका ७ खुर्कोटस्थित मध्यपाहाडी राजमार्ग र बिपि राजमार्गको संगम स्थलबाट शौचालय जाने भन्दै फरार भएका थिए ।
अध्यागमन विभागको निर्देशनमा वलुवासोगो ग्लोरी ओडे नाम गरेका नाइजेरियन नागरिकलाई प्रहरीले भोजपुरको पौवादुम्मा गाउँपालिका–३ बाट सोमबार साँझ पक्राउ गरी काठमाडौ लैजाँदै गर्दा फरार भएका थिए ।
फुटबल खेलमा सहभागी ती नागरिकलाई को १ झ ६१६ नम्बरको गाडीमा राखेर अध्यागमन विभाग, मुद्दा शाखा कालिकास्थान काठमाडौं लगिदै गर्दा फरार भएका र ८ घण्टापछि प्रहरीको सक्रियतामा कर्डन एण्ड सर्च (घेराबन्दी) गरि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिए ।
उनका अनुसार बिहान ६ बजे खुर्कोट नजिकैबाट फरार भएका ती ब्यक्ति दिउँसो २ बजे गढी प्रहरी चौकीले चेकजाँच गर्दा बिपि राजमार्गस्थित गोलन्जोर गाउँपालिका-६ बारामा प्रदेश २-०३-००१ज ००१४ नम्बरको काठमाडौबाट सर्लाही जाँदै गरेको इभी गाडीमा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय इलाका तथा प्रहरी चौकी र स्थानियको सक्रियतामा ८ घण्टा पछि फेला पारेर अध्यागमन बिभागलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी मंगलबार साँझ लगभग ६ बजेको समयमा खुर्कोट नजिकैबाट शौचालय गराउने क्रममा हाम फालेर फरार भएका थिए ।