पशुपति धर्मशाला प्रकरणमा यस्तो छ महानगरविरुद्ध उच्च अदालतको आदेश

काठमाडौँ । पशुपति धर्मशाला प्रकरणमा काठमाडौँ महानगरपालिकाविरुद्ध उच्च अदालतले अर्को आदेश दिएको छ । उच्च अदालत पाटनले धर्मशालामा रहेका सबै व्यावसायिक क्रियाकलापलाई सञ्चालन गर्न दिन अन्तरिम आदेश दिएको हो ।

एसीएन ट्राभल्स एण्ड टुर्सले काठमाडौँ महानगरपालिकाविरुद्ध दायर गरेको मुद्दामा अदालतले यस्तो आदेश सुनाएको हो । यसअघि सोही अदालतले मारवाडी सेवा समितिलाई पशुपति गौशाला धर्मशाला सञ्चालनमा अवरोध नपुर्‍याउन अन्तरिम आदेश दिएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *