काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहटका न्यायाधीशहरुलाई ‘नेताहरुको झोले न्यायाधीश’भएको टिप्पणी गरेका छन् । नेताहरुको झोले न्यायाधीशका कारण रौतहट जिल्ला बदनाम एवं अस्तव्यस्त भएको साहले गम्भिर आरोप लगाएका छन् ।
साथै उनले बेइमान एवं अयोग्य न्यायाधीशहरुको छानबिन गर्नुपर्ने माग समेत गरेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसंग उनले बेइमान एवं अयोग्य न्यायाधीशहरुको छानबिनको दायरामा ल्याउँन माग समेत गरेका छन् ।
‘नेताहरूको झोले न्यायाधीशले रौतहट बदनाम एवं अस्तव्यस्त भयो । बेईमान एवं अयोग्य न्यायाधीशहरूलाई छानबिनको दायरामा ल्याऊन म सम्मानीय प्रधानन्यायाधीश ज्युको बिशेष ध्यानाकर्षण गराउछु’आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
रौतहटका न्यायाधीशहरु कानून अनुसार पीडितलाई न्याय नदिइ नेताहरुको झोले कार्यकर्ताको रुपमा काम गरिरहेको आरोप उनले लगाएका छन् ।