नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला चयन भएका छन् । बिहीबार सम्पन्न महाधिवेशनले उनलाई महासचिवमा सर्वसम्मत चयन गरेको हो ।
महाधिवेशनको बन्दसत्रले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको नवनिर्वाचित केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्यमा उदयबहादुर चलाउने, गुणराज लोहनी, शरद रसाइली, दीपेन्द्र चलाउने, तपेन्द्र तिमिल्सैना, गणेश रैकाल, प्रकाश धमला ‘गम्भीर’, अनन्त केसी, तिलक पुन, सागर लिम्बु, नरेन्द्र विश्वकर्मा, गोकुल पराजुली, लोकेन्द्र विश्वकर्मा ‘सुजन आयाम’, मिलन राई, वीरेन्द्र शाह, झलक विश्वकर्मा, हरिष भट्ट, रुपा बुढामगर, सङ्गम आरसी, डिडि पाण्डे, कुमाल सिलवाल ‘दिल’, अमृत केसी, गौरी मण्डल, हरि चन्द, रेखा खनाल, अञ्जना तामाङ, रोजन रखाल, प्रेमबहादुर चलाउने ‘अनन्त’, कृष्ण शाह ‘परिवर्तन’, शक्ति परियार रहेका छन् ।
त्यस्तै निर्मल राई, बाबुराम गजमेर ‘आजाद’, उषाकिरण आजाद, रामबहादुर तिरुवा, कमल बुढा, डिबी बुढाथोकी, अर्जुन दयाल, प्रेमप्रकाश ओली, ‘धमिल’, यमराज खडका, दर्शन नेपाली, विक्रम पौडेल, अमर खडका, कुमार राईसहित ९९ जना केन्द्रीय सदस्य चयन भएका छन् ।
माघ ५ देखि त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा सञ्चालन भएको महाधिवेशनमा ८५० प्रतिनिधि सहभागी थिए । महासचिव बास्तोलाले पेस गरेको राजनीतिक दस्ताबेज र संगठनात्मक प्रतिवेदन महाधिवेशनले सर्वसम्मत पारित समेत गरेको छ ।
साउन १ मा क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएपछि नेकपा बहुमतले ९ औँ महाधिवेशन गरेको हो । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट बहुमत शक्ति टुक्रिएर नेकपा बहुमत गठन भएको थियो ।