दुई किशोरी मृत भेटिए, कुकुरसहितको टोलीबाट अनुसन्धान सुरु

अछाममा शुक्रबारदेखि हराएका दुई किशोरी मृत घटना शंकास्पद भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । आछामको ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शुक्रबारदेखि हराएका थिए । उनीहरू दुवै जना बाख्रा चराउन भन्दै वडा नम्बर १ को जंगल गएका थिए ।

जंगलबाट नफर्किएपछि परिवारले शनिबार साँझ ६ः४० बजे प्रहरीलाई खबर गरेका थिए । त्यसपछि राति नै खोजतलासका लागि जंगल गएको प्रहरीले उनीहरूको शव फेला पारेका अछामका डीएसपी इश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनीहरूको शव भीरमा भेटिएको भण्डारीले जानकारी दिए । शव भेटिएपछि शनिबार राति नै बाँकेको कोहलपुरबाट प्रहरीको तालिम प्राप्त कुकुर र फरेन्सिक विज्ञसहितको टोली लगेर अनुसन्धान सुरु गरिएको डीएसपी भण्डारीले बताए ।

आइतबार बिहान अछामका प्रमुख जिल्ला अधिकारी, डीएसपी भण्डारी, फरेन्सिक विज्ञ र कुकुरसहितको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । घटनास्थल मुचुल्का गरेर अहिले शव जंगलबाट निकालेर पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । मृतक दुवै किशोरीको टाउकामा चोट लागेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *