दलहरू वैदेशिक नीतिमा स्पष्ट हुनुपर्छ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वैदेशिक नीति र सहायताका सवालमा नेपालका सबै दलहरूको समान धारणा हुनुपर्ने बताएका छन्। नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवादमा बोल्दै सरकार फेरबदल हुने नियमित प्रक्रिया भएपछि वैदेशिक नीतिको विषयमा सबै स्पष्ट हुनुपर्ने बताए।

उनले भने, ‘वैदेशिक नीति र सहायताका सवालमा नेपालमा जसले आएर सरकार बनाए पनि एउटै हुन्छ, यो कुरा बदल्लिन् यसको निरन्तरता हुन्छ। सरकार बदलिराख्छन्, यो नियमित प्रक्रिया हो। एउटा दल आउँछन् जान्छन्, वैदेशिक सहायता नीति नेपालको राष्ट्रिय स्वार्थसँग जोडिएकाले बदलिन्न, सबै दलको एउटै धारणा छ भन्ने बनाउन सक्नुपर्छ।’

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले सरकार हुँदा होस् वा बाहिर भए पनि काँग्रेसको नीति नबदलिएको बताए। उनले वैदेशिक नीतिको विषयमा अन्य पार्टीहरूलाई पनि प्रष्ट हुन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *