तीन पटक प्रधानमन्त्री भएँ, तीनै पटक सेटिङ चल्ने गरेको अनुभव भयो : माओवादी अध्यक्ष दाहाल

दाङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकार र देश स्वार्थ समूहको सेटिङमा चल्ने गरेको बताउनुभएको छ । दाङको घोराहीमा शनिबार बिहान प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले आफू तीन पटक प्रधानमन्त्री भएको र तीनै पटक सेटिङहरू चल्ने गरेको अनुभव आफूलाई भएको बताउनुभयो ।

स्वार्थ समूह र सेटिङ भत्काउन अगाडि बढ्दा सरकारबाट बाहिरिनुपरेको समेत उहाँले दाबी गर्नुभयो । “भूमाफियाहरूले सरकारी जग्गा व्यक्तिको नाममा गरेका सेटिङहरू, सेबन (धितोपत्र बोर्ड) को अधिकारी कसलाई राख्ने भन्न गरेका सेटिङहरू, अरू थुप्रै सेटिङहरू मैले नजिकबाट देखें । र त्यो सेटिङमा देश चल्न मैले दिन नखोजेकै हो । अहिलेका प्रधानमन्त्रीको पनि मलाई दबाब थियो- यो गरिनस् भने मान्दिनँ भनेका थिए, मैले गरिनँ”, अध्यक्ष दाहालले बताउनुभयो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

दाहालले सरकार अध्यादेशबाट देश चलाउने र मुलुकमा अस्थिरता पैदा गरिरहने उद्देश्यका साथ अगाडि बढेको भन्दै त्यसको खबरदारी गर्न आफू देशव्यापी रूपमा हिँडेको पनि बताउनुभयो । विपक्षी दलहरूको दबाबकै कारण माघ १८ गते संसद् बोलाइएको भन्दै संसद्‌मा सरकारका गलत क्रियाकलापका बारेमा कडा प्रतिवाद गर्ने पनि उहाँले बताउनुभयो ।

माओवादी अध्यक्ष दाहालले जनताले ८४ सम्म प्रतिपक्षमै रहने जनादेश दिएकाले अब आफूहरू सरकार ढाल्ने र बनाउने खेलमा नलाग्ने र ८४ मा आफ्नै बलबुताले निर्वाचनमा जाने पनि बताउनुभयो । सरकारभित्र तिक्तता बढिरहेको भन्दै अध्यक्ष दाहालले वर्तमान सरकार धेरै समय नटिक्ने पनि बताउनुभयो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *