वाशिंगटन डीसी । अमेरिकाको वासिङ्टन डीसीमा सैनिक हेलिकोप्टरसँग ठोक्किएर यात्रुबाहक समुन्द्रमा खसेको विमान टुक्राटुक्रा भएको अवस्थामा भेटिएको छ । सीएनएनका अनुसार विमान रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमा टुक्राटुक्रा अवस्थामा फेला परेको हो ।
समाचारमा जनाइएअनुसार यात्रुहरु जिवित भेटिने सम्भावना कम छ । विमानसँग ठोक्किएको हेलिकप्टर पनि समुन्द्रमै खसेको भेटिएको छ ।
सीएनएनका अनुसार अमेरिकन एयरलाइन्सको उक्त विमानमा चालक दलका चार सदस्यसहति ६४ जना सवार थिए । हेलिकोप्टरमा तीन जना थिए ।
क्यान्सास राज्यको विचिटाबाट उडेको विमान स्थानीय समयअनुसार गएराति ९ बजेको समयमा रेगन वासिङ्टन राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकोप्टरसँग ठोक्किएर जहाज नदीमा गिरेको अधिकारीले बताएका छन् ।
अमेरिकाको संघीय नागरिक उड्डयन निकाय (एफएए) ले डिसीको रोनल्ड रेगन विमानस्थलमा अवतरणको तयारीमा रहेको जहाज हेलिकप्टरसँग ठोक्किएको हो ।
नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोटसँगै आलगागी भएको भिडियो सार्वजनिक भएको छ ।