जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय विभागले नेतृत्व पाएका छन् । पार्टीले गठन गरेका केन्द्रीय विभागहरूमा प्रमुख, उपप्रमुख र सचिवलगायतका पदाधिकारीहरू चयन गरिएको हो ।

जसपा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, प्रचार प्रसार तथा प्रकाशन विभाग, आर्थिक विभाग, सूचना सञ्चार विज्ञान तथा प्रविधि विभाग र युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुख पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट तय गरेको थियो भने अन्यमा सम्बन्धित विभागको बैठकबाट प्रमुखलगायतका पदाधिकारी चयन गरिएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा, प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखमा पूर्ण बस्नेत, स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुखमा सुरेन्द्र यादव र पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुखमा सुरेश मण्डल चयन भएका छन् ।

त्यसैगरी विभागीय प्रमुखको जिम्मेवारी पाउनेहरूमा आर्थिक विभागमा बलराम महतो, सूचना सञ्चार विज्ञान तथा प्रविधि विभागमा जितेन्द्रकुमार यादव, युवा विद्यार्थी तथा खेलकुद विभागमा विदेश्वर यादव (बिक्की), महिला विभागमा प्रमीला कुमारी र सहकारी तथा गरिबी निवारण विभागमा उदयकान्त मिश्र रहेका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

विभागको बैठकबाट सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा विनीता यादव, उद्योग वाणिज्य तथा आपूर्ति विभागमा लक्ष्मण गुरुङ, बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागमा हेमचन्द्र महतोले विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।

गठन गरिएका सङ्गठन विभाग र कानुन विभागमा पदाधिकारी चयन गर्न बाँकी छ भने अन्य विभागहरू आगामी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट गठन गरिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *