अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अदालतले उल्ट्याइदिएको छ । अदालतले ट्रम्पको उक्त आदेश असंवैधानिक भएको ठहर गर्दै तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो ।
राष्ट्रपतिको पदभार ग्रहण लगत्तै ट्रम्पले अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने १ सय ५० वर्ष पूरानो व्यवस्था हटाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
संघीय जिल्ला अदालतका न्यायाधीश जोन सी कोफनरले ट्रम्पको कार्यकारी आदेशविरुद्ध परेको रिटलाई असंवैधानिक ठहर गर्दै कार्यान्वयनमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
न्यूयोर्क टाइम्सका अनुसार न्यायाधीश कोफनरले ट्रम्पको उक्त आदेश कार्यान्यवनमा कम्तिमा १४ दिनका लागि रोक लगाएको जनाएको छ ।
ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले आदेशविरुद्ध माथिल्लो अदालतमा अपिल गर्ने बताएका छन् । चुनावी प्रचारका क्रममा उनले अमेरिकामा आएर बच्चा जन्माउने विदेशीका सन्तानलाई नागरिकता नदिने घोषणा गरेका थिए ।