चुनावमा लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ: महामन्त्री थापा

काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले चुनावमा सबैभन्दा धेरै मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्न आवाश्यक रहेको बताएका छन ।

महामन्त्री थापाले स्थिर सरकार चलाउन अहिलेको निर्वाचन प्रणाली नै बाधक भएको भन्दै थापाले निर्वाचनमा लोकप्रिय मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आज (शनिबार) कांग्रेसको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन । महामन्त्री थापाले भने, ‘निर्वाचन प्रणाली यस्तो बनाइएको छ कि त्यो राजनीतिक दलले पाँच वर्ष सरकार चलाउन पाउँदैन, जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ, त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।’

अहिलेको संवैधानिक व्यवस्था अनुसार बहुमत नपाउँदा अर्को दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता हुने गरेको भन्दै उनले नेपालमा गठबन्धनको विकृत अभ्यास भएको पनि उनले बताएका छन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले भने, ‘गठबन्धनको यति तीतो अनुभव हामीसँग रह्यो, गठबन्धनको यति विकृत अभ्यास हामीहरुका सन्दर्भमा भयो । चुनाव अगाडिका लागि मात्र होइन, चुनाव पछि पनि हेर्नुस् त यसबीचमा हामीले कतिवटा सरकार बदल्यौं ? ‘सरकारमा बसेको प्रधानमन्त्रीले हरेक दश दिनमा यो सरकार बदलिन्न भन्नुपर्ने अवस्था छ ।

भाषण यो सरकार बदलिन्न भन्नेबाट सुरु हुन्छ ।’अरु कतिपय देशमा गठबन्धन सरकार लामो समयसम्म चलेको तर नेपालको सन्दर्भमा गठबन्धन सरकार ठिक नभएको उनले बताए ।

‘जर्मनीमा १५ वर्ष २० वर्ष लगातार गठबन्धनको सरकार चल्यो । नचल्ने होइन । गठबन्धनको सरकार चलाउने एउटा संस्कार, संस्कृति हुन्छ,’ उनले भने, ‘हाम्रो सन्दर्भमा त्यो फिट भएन भन्न मिल्छ ।

त्यसो भए के हुनुपर्छ ? त्यसोभए जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।’

उनले अहिलेको समावेशितालाई कायम राख्दै लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनुपर्ने व्यवस्था संविधानमा गर्नुपर्ने उनको धारणा छ ।सँगसँगै प्रदेश सरकारको मन्त्रिपरिषदको आकार घटाउनुपर्ने पनि उनले बताए ।

प्रदेश सरकारमा चार–पाँच जना मन्त्री रहने भनेर संविधानमै लेख्नुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *