चिकित्सकको आवरणमा घरमा प्रवेश, लट्ठ्याउने औषधी खुवाएर सुन र नगद चोरी

काठमाडौं । सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत साथी बनेर गुलियो कुरा गर्ने ३० वर्षीय युवकले चोरी धन्दा चलाएको खुलेको छ । महोत्तरी घर भएका जितेन्द्र मण्डलले डाक्टर हुँ भनेर घरमा प्रवेश गर्ने र चोर्ने धन्दा सञ्चालन गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल पछाडि एक वृद्धको घरमा उपचार गर्ने बहानामा प्रवेश गरेर उनले सुन र नगद लुटेर भागेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

लुटमा संलग्न मण्डललाई नुवाकोटबाट पक्राउ गरेर काठमाण्डु ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिएका छन । स्वास्थ्य जाँच गर्न घरमा नै आउँछु भनेर उनले ती वृद्धलाई लट्ठ्याउने औषधी खुवाएर चोरेर फरार भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नुवाकोटमा अर्का पीडितलाई लुट्न जाँदा उनी पक्राउ परेका हुन् । भक्तपुरको गाम्चा बस्दै आएका उनले सबैलाई ‘डाक्टर हुँ’ भन्ने गरेका थिए । उनको डेराबाट प्रहरीले विभिन्न प्रकारका औषधी बरामद गरेको छ ।

मण्डलले चोरेको सुन खरिद गर्ने जनकपुर र महोत्तरीका दुईजना सुन पसल सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । सातदोबाटो उनले १७ लाख बराबरको सुन र गहना चोरेर भागेका थिए । उनले चोरेको ८ तोला भन्दाबढी सुन पनि प्रहरीले बरामद गरेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *