गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय, नागपोखरी, काठमाडौँमा आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले पुस २१ गतदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन तथा बिक्री गरेको थियो । सो आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । निष्काशन गरिएको कुल कित्ताको तुलनामा कुल आवेदन १२.५८ गुणा बढी हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कुल आवेदनमध्ये १८ लाख २२ हजार ४०५ आवेदन स्वीकृत भएको छ भने ८ हजार ४५२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण धितापत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको शेयर बाँडफाँट गरिएको छ । जस अनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *