काठमाडौं । सत्तारुढ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने प्रावधानसहित सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् ।
शर्माले बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै विधेयकका प्रावधान स्वीकार गर्न नसकिने बताए । अभिव्यक्ति स्वतन्त्रता संकुचन हुने विधेयकका प्रावधान मान्न नसकिने भन्दै उनले विधेयक बदलिनेमा ढुक्क रहने भनेका छन् ।
विधेयकका विषयमाथि संसद्मा गम्भीर छलफल गरेर मात्रै पारित गरिने उल्लेख गरे । ‘प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न । देश ढुक्क रहोस् । दृस्टि बदलिन्न । विधेयक बदलिन्छ, शर्माले भनेका छन्, ‘सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता–प्रतिपक्ष, अन्य दल, सरोकारवाला र नागरिक पंक्तिबीच गहन संवाद जरुरी छ । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य छ ।’