ओलीसँग मिल्न लागेका वामदेवलाई ४ नेताले छाडे साथ

काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम एमालेमा समाहित हुने भएपछि सो अभियानका चार नेताले उनको साथ छाडेका छन् । केही समयअघिसम्म नेकपा एकीकृत समाजवादीमा जाने तयारीमा रहेका गौतम एमालेमा जाने निश्चित भएको छ ।

वामदेव एमाले फर्कने भएपछि भएपछि उनको अभियानका केन्द्रीय सदस्यहरु महेन्द्र अर्याल, हरि काफ्ले, इन्द्र सुब्बा र डिल्लीराज भट्टले उनको साथ छाडेका छन् । उनीहरु एकीकृत समाजवादीसँग एकता गर्नुपर्ने पक्षमा थिए । चार नेताले आफूहरु अभियानबाट अलग भएको घोषणा गरेका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गौतम केही दिनभित्रै एमालेमा समाहित हुने उनीनिकट पत्रकार विश्वमणि सुवेदीले बताए । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली गौतमबीच दुई/तीन चरणमा कुराकानी भएको छ । पछिल्लोपटक उनीहरुबीच शुक्रबार बालुवाटारमा भेटवार्ता भएको थियो । दुई नेताबीच आइतबार फोन वार्ता भएको नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *