बसन्त कुँवर
म अहिले भारतमा छु र यता उता जान एअर इण्डियाको हबाइजहाज चढिरहेको छु । मैले पहिला पनि एअर इण्डिया ( इण्डिएन एअर लाइन्स हुँदा) चढेको थिएँ तर त्यो त्यति राम्रो थिएन। न सर्भिस राम्रो थियो न हबाइ जाहाज ।
तर केही समय अघि एअर इण्डियाले टाटा समुहसँग सहकार्य गरी सरकारले अप्रेसनको जिम्मा निजी कम्पनीलाई दिएपछि यस्को राष्ट्रिय र अन्तराष्ट्रिय सेबामा गज्जबको सुधार आएको छ भन्ने सुनेको थिंए तर अनुभब गर्न पाएको थिइनँ ।
यस पटक मैले भारतको इण्डिगो र एअर इण्डिया चढी अनुभब लिंए। इण्डिगो प्राइभेट भए पनि भारतमै करीब ११९ स्थानमा उड्दो रहेछ र अन्तराष्ट्रमा पनि जॉदो रहेछ । यस्का जहाजहरु पनि बिशाल बिषाल ठुला र नयाँ नयाँ रहेछन् । तर बजेट एअर लाइन भएकोले खानाहरु चॉहि ठिक रहेनछ । समयमा नउड्ने र केही ढिला गर्ने पनि हुँदो रहेछ।
तर जब मैले एअर इण्डिया प्रयोग गरे, यो हबाइ जाहाजमा पहिलेको भन्दा आकास जमिन फरक रहेछ । ४० मिनेटको यात्रामा पनि सानदार खाना दिने, ठ्याक्कै समयमा उड्ने र दिल्लीमा डोमेस्टिकमा उड्ने टरमिनल २ मा हबाइजाहाज नउत्री अन्तराष्ट्रीए टर्मिनल ३ मा वर्लिनाले कनेक्टीडं फ्लाइटमा जान पनि सजिलो हुने रहेछ। ब्यागेजहरु बाहिर निकाली फेरी अर्को स्थानमा जाँदा पुन ब्यागेज डिपोजीट गर्नु पर्ने झझट पनि रहेनछ । भाडा पनि सस्तो नै लाग्यो ।
हाल संसारमा जापानको एक एअर लाइन, सिगापुरको एइरलाइन, कतार र इमिरेट एअर लाइनका साथै हङकङको क्याथे प्यासीफिक एअर लाइन संसारकै ५ अति राम्रो हबाइ सेबामा पर्दंछ । मैले ति सबै अनुभब गरेको छु ।
तर मलाइ लाग्यो छि्टै भारतीय एअरलाइन ( एअर इण्डीया ) पनि सेबाका हकमा ति जहाजसँगै प्रतिश्प्रधामा आउने छ ।मैले बेलायत र क्यानडाका साथीहरुबाट पनि एअर इण्डियाको बखान सुने ।
हालै जापानबाट आउँदा आफ्ने नेपाल एअर लाइन चढी आएँ तर हबाइ जाहाज थोत्रो फोहर र सर्भिस र खान पान निक्कै तल्लो स्तरकै पाएँ । आफ्नो देशको भनी माया गरे पनि मलाइ लाग्छ यस प्रकारको सेवाले नेपाल एअर लाइन अन्तराष्ट्रमा टिक्ने छैन।
३०/ ४० मिनेटको फ्लाइटमा पनि एअर इण्डियाले दिएको खानाको फोटो मैलेमाथि राखेको छु। मैले यो एअर लाइन नेपालको भन्दा सस्तो तर सेबामा कहाँ हो कहाँ माथि पाएँ । छोटो दुरीको ३०-४० मिनेटको फ्लाइटमा पनि राम्रै खाना सर्भ छ। दही, स्याण्डविच, पानी १ बोतल । राम्रै हो।
नेपालको ध्वजाबाहकलाई बचाउने, जोगाउने र अन्तराष्ट्रमा प्रतिस्पर्धा गर्ने हो भने यस्लाई निजीकरण गर्न वा निजी कम्पनीहरुलाई संचालन गर्न दिनु को बिकल्प देखिन।
नेपालका आन्तरिक उडानमा पनि जति पैसा लिइएको छ । त्यस्को अनुपातमा सेबा छैन। यदि भारत र चीनका उडानहरुलाई नेपालमा संचालन गर्न दिने हो भने इ कुनै लाई पनि यस्तै सेबा दिएर टिक्न गाह्रो मात्र होइन अति गाह्रो हुने देखें।