एमाले नेता ऐन महरविरुद्ध बलात्कार कसुरमा पक्राउ पुर्जी जारी

काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध बलात्कार मुद्धामा पक्राउ पुर्जी जारी भएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले महरलाई पक्राउ गर्न बुधबार आदेश दिएको हो । अदालतले महरलाई पक्राउ गरी कारबाही अघि बढाउन सरकारलाई आदेश दिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पीडित रस्मिलाकुमारी धामीले महरबाट बलात्कृत भएको भन्दै मुद्धा दायर गरेकी थिइन् । सत्ताको संरक्षण पाएका महरविरुद्ध प्रहरी र सरकारी वकिलले मुद्धा दर्ता गर्न इन्कार गरेपछि धामी अदालत गएकी थिइन् ।

पीडितका पक्षमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, इन्द्र अर्याल र अञ्जना अर्यालले बहस गरेका थिए । पीडितका बाबुआमा नै इजलासमा उपस्थित भएर न्यायका लागि याचना गरेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आफूमाथि महरले पटकपटक यौन शोषण गरेको भन्दै उनी माइतीघर मण्डलामा अनसनसमेत बसेकी थिइन् । महरले उल्टै प्रहरी परिचालन गर्ने र विभिन्न प्रकारले दबाब दिन थालेपछि पीडितले अदालत परिसरमै विष सेवनको प्रयाससमेत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *