इजरायली दूतावासद्वारा हमास आक्रमणका पीडितको व्यक्तिगत सामग्री हस्तान्तरण

काठमाडौं । इजरायलको दूतावासले हमासको आक्रमणमा परेका पीडितहरू तथा २०२३ मा इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी भएका नेपाली विद्यार्थीहरूका व्यक्तिगत सामग्री हस्तान्तरण गरेको छ। ती सामग्रीहरूलाई विशेष भावनात्मक मूल्यसहित सम्बन्धित परिवारलाई मंगलबार हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।

इजरायलका राजदूत श्मुलिक आरिए बासले ती सामग्रीहरू नेपालसम्म ल्याउन व्यक्तिगत पहल गरेका थिए। उनले हमासको आक्रमणबाट बाँच्न सफल धनबहादुर चौधरी, अन्य ६ विद्यार्थी तथा पीडित परिवारसँग भेटघाट गरे।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भेटका क्रममा पीडितहरूको अनुभव सुनेर सहानुभूति व्यक्त गरे र उनीहरूको भविष्यका लागि शुभकामना व्यक्त गरे। इजरायलले हमास आक्रमणबाट प्रभावित नेपाली परिवारहरूप्रति गहिरो ऐक्यबद्धता व्यक्त गरेको छ। साथै, हासद्वारा अपहरणमा परेका नेपाली विपिन जोशीको चाँडै र सुरक्षित उद्धारको कामना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *