‘मध्यपुर महोत्सव’ को आज अन्तिम दिनः अवलोकनकर्ताको घुइँचो

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको आयोजनमा २६ वर्षपछि संचालन भएको तीनदिने ‘मध्यपुर महोत्सव’को आज अन्तिम दिन । नगरका विभिन्न स्टलहरुमा अवलोकनकर्ताको घुइँचो लागेको छ ।

महोत्सवको अन्तिम दिन भएकाले पनि शङ्खधर साख्वाः चोकबाट बालकुमारी, चपाचो, बाहाखाबजारसम्म अवलोकन गर्न आउनेको घुइँचो लागेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

परम्परागत नेवार समुदायका योमरी, बारा, चटामरी, नेवारी खाजालगायत स्थानीय परिकारका स्टल कक्षमा घुइचो देख्न सकिन्छ । महोत्सवमा आउनेहरूको आकर्षण अ‍ैँला, छ्याङ खान र माटोका भाडा हेर्न जनप्रतिनिधिलगायत आन्तरिक तथा बाह्य पर्यटकको भिड छ ।

मध्यपुर महोत्सवमा अवलोकनकर्ताको घुइँचोले स्थाथानीयले कला, संस्कृति, स्थानीय परिकारलगायत सस्कृति जगेर्नामा थप आकर्षण बढेको बताएका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न महोत्सव बेलाबेलामा आयोजना गर्नु आवश्यक रहेको स्थानीयको भनाइ छ । सम्पदाको संरक्षण र प्रचार गर्दै पर्यटन र आर्थिक विकासमा टेवा पुग्नेगरी महोत्सवले सपोर्ट गरेको नगरबासीको भनाइ छ ।

अवलोकनकर्ताको घुइँचो र उत्साहले पर्यटन प्रवर्द्धनमा सकारात्मक उर्जा थपेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो । सम्पदालाई रोजगारी र आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील बनाउने अवधारणाका साथ शुक्रबारदेखि सुरु भएको महोत्सव आज आइतबारसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

यसबाट आर्थिक समृद्धि हासिल गर्न र पर्यटकीय गतिविधि बढाउन सहयोग पुगेको भन्दै नगरप्रमुख श्रेष्ठले भने, “नगरमा आर्थिक समृद्धि हासिल गर्न, मध्यपुरको पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउँन स्थानीय मौलिकतालाई केन्द्रमा राखेर महोत्सव सञ्चालन गरिएको हो ।

नगरबासीको जीवनस्तर उकास्न टेवा पुर्‍याउनुका साथै दिगो विकासमा सहयोगी बन्नेछ ।” ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व र सम्पदाको प्रदर्शन गरिने, स्थानीय मौलिक खाना, पेसा र उत्पादनको प्रवर्द्धन गर्दै मध्यपुरलाई स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यका रूपमा परिचित गराउने उद्देश्य महोत्सवको रहेको छ ।

एक सय पाँच ठाउँमा घरेलु उत्पादनका सामान, विभिन्न २५ प्रकारका नाच, माटाका भाँडा बनाउने कला प्रदर्शनी, प्रत्येक पाटीपौवामा दाफाभजनलगायत कला, संस्कृति समावेश छन् ।

२६ वटा सांस्कृतिक बाजा, ५० पार्टीमा दाफाभजन, गौतमबुद्धको अस्तुधातु, पाटी विहार र नगदेशको बुद्ध विहारमा प्रदर्शन, थिमि भैलः ताहननीको डमीसँग सेल्फी लिन सक्ने, जिब्रो छेड्ने जात्राको प्रतिमूर्ति प्रदर्शनमा छन् ।

लिच्छवीकालदेखि हालसम्मको नेपाली मुद्रा र सिक्का, करिब पाँचसय फिट अग्लो सुकुन्दा, माटोको आशा हिटरको मौलिक ढोका, टिगनीमा टिकँबजी प्रदर्शनी, नगदेशमा सुनको झ्याल, बालकुमारीमा गेडागुडी, नेवारी संस्कृतिमा जन्मदेखि मृत्युसम्मका संस्कार र अन्य चाडपर्वमा उपयोग हुने भोजका परिकार महोत्सवका मुख्य आकर्षण रहेका छन् । महोत्सवमा बच्चा देखि वृद्धसम्म उत्साहित भएर सहभागि भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *